काठमाडौं । राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै विभत्स हत्या गरेर आइतबार बिहान फेला परेको सुटकेश र जेब्रा झोला राखिएको शवको सनाखत भएको छ।
सुटेकेशमा टाउको र खुट्टा काटेर निकालिएको अवस्थामा राखिएको शव पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको प्रहरी स्रोतले जनाएको छ।
सुटकेश र जेब्रा झोला राखिएका ठाउँ सिसिटिभीको कभरेजमा छैन। सुटकेश गोंगबु चोकभन्दा करिब एक सय मिटरको दूरीमा राखिएको थियो। त्यस आसपास क्षेत्रमा गोंगबु चोकमा मात्र सिसिटिभी क्यामेरा रहेको छ।