Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

माओवादीको केन्द्रीय समिति बैठक सुरु, अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले धारणा राख्ने

माओवादीको केन्द्रीय समिति बैठक सुरु, अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले धारणा राख्ने

  • शुक्रवार, फाल्गुण २० २०७८

  • 719
    SHARES

  • माओवादीको केन्द्रीय समिति बैठक सुरु, अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले धारणा राख्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो ।

    बैठकको पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने छन् । तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने छ ।

    गत पुसमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय सदस्यमात्र चयन गरेको थियो । तिनै केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

    माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् । महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनित गर्न बाँकी छ ।

    अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि माओवादीभित्र विवाद छ । एमसीसी अनुमोदन गर्ने निर्णयमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुको विमती छ ।

    बैठक सुरु हुनुअघि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेता मातृका यादवले भने महाधिवेशनको निर्णय अनुसार नै एमसीसी अनुमोदन गरिएको बताएका छन् ।


    शुक्रवार, फाल्गुण २० २०७८०२:२०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij