Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४४ करोड १७ हजार नाघ्यो, निको कति भए ?

विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४४ करोड १७ हजार नाघ्यो, निको कति भए ?

  • शुक्रवार, फाल्गुण २० २०७८

  • 428
    SHARES

  • विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४४ करोड १७ हजार नाघ्यो, निको कति भए ?

    काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ९ सय संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ६० लाख ६७ पुगेको छ।

    कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार २४ घण्टामा १४ लाख ४८ हजार नयाँ संक्रमित थपिएका छन्। योसँगै कोरोना पुष्टि हुनेको संख्या ४४ करोड १७ हजारभन्दा धेरै भएको छ।

    जसमध्ये ३७ करोड ४५ लाख निको भइसकेका छन्। गत २४ घण्टामा मात्रै १५ लाख ४७ हजार संक्रमण मुक्त भएका हुन्। अझै पनि ६ करोड १२ लाख सक्रिय संक्रमित रहेकामा ७३ हजारको अवस्था जटिल रहेको छ। बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

    सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८ करोड ८ लामा संक्रमण पुष्टि हुँदा ५ करोड ४० लाख निको भएका छन्। ९ लाख ८१ हजारको भने मृत्यु भएको छ।


    शुक्रवार, फाल्गुण २० २०७८०६:३५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij