Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल

डिजेल र मट्टितेलमा पाँच–पाँच रुपैयाँ वृद्धि
  • शुक्रवार, फाल्गुण २० २०७८

  • 841
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो,  पेट्रोल

    काठमाडौँ– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

    निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो । भारतीय आयल कर्पाेरेशनको नयाँ मूल्यसूचीअनुसार मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

    नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

    अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ कायम भएको छ । साथै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् छ ।

    केही दिनअघि मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले बिहीबार पुनः बढाएको हो ।


    शुक्रवार, फाल्गुण २० २०७८०६:२३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij