Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संसदलाई अर्थमन्त्रीको वचन : व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउँछु

संसदलाई अर्थमन्त्रीको वचन : व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउँछु

  • आइतवार, फाल्गुण १५ २०७८

  • 969
    SHARES

  • संसदलाई अर्थमन्त्रीको वचन : व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउँछु

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीबारे उठेको प्रश्नमा व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने बताएका छन् ।

    नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि संसदमा भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले एमसीसीबारे उठेको बहस, नेपाली जनताको चासो र चिन्ताबारे सरकारको ध्यानाकर्षण भएको बताए ।

    उनले अघि भने,‘यी सबै प्रश्न, हाम्रो देशको अवस्था समेतका आधारमा अन्तराष्ट्रिय कानुनको सिद्धान्त र नेपालको कानुनमा भएको व्यवस्थाअनुसार व्याख्यात्मक घोषणा तयारी पारी सरकारको तर्फबाट प्रस्तुत हुने स्पष्ट पार्न चाहन्छु ।’ नेपाल सैन्य रणनीतिको हिस्सेदार हुन नसक्ने भन्दै उनले व्याख्यात्मक घोषणाले आम जनतामा उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।

    लगत्तै संसदले सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव ध्वनि मतका आधारमा पास भएको छ ।


    आइतवार, फाल्गुण १५ २०७८०६:५९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij