Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट धनुषामा थप १ जनाको मृत्यु

कोरोनाबाट धनुषामा थप १ जनाको मृत्यु

  • सोमवार, श्रावण २६ २०७७

  • 722
    SHARES

  • कोरोनाबाट धनुषामा थप १ जनाको मृत्यु

    जनकपुर । धनुषामा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । रुघाखोकी र टाउको दुख्ने जस्ता लक्षण देखिएर आइतबार मृत्यु भएका एक पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

    ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । मृतक धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ निबासी हुन् ।

    जनकपुरस्थित विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका ती पुरुषमा करिब ५ दिनदेखि रुखाखोकी र टाउको दुख्ने लगायतको समस्या देखिएको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोद मण्डलले जानकारी दिए ।

    मृतक ललिया गाउँबाट कामका लागि दैनिक जनकपुरस्थित फाउन्डेसनमा काम गर्न आवतजावत गर्दै आइरहेका थिए । कोरोनाबाट धनुषामा अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ ।


    सोमवार, श्रावण २६ २०७७०३:५४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij