Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

स्थानीय निर्वाचनका लागि अहिलेसम्म ५१ दलले दिए आयोगमा निवेदन

स्थानीय निर्वाचनका लागि अहिलेसम्म ५१ दलले दिए आयोगमा निवेदन

  • शनिवार, फाल्गुण १४ २०७८

  • 735
    SHARES

  • स्थानीय निर्वाचनका लागि अहिलेसम्म ५१ दलले दिए आयोगमा निवेदन

    काठमाडौं। वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि ५१ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    आयोगमा हालसम्म दर्ता भएका १०९ दल मध्ये अहिलेसम्म ५१ दलले निवेदन दिएका आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिनुभयो।
    नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत राष्ट्रिय मान्यता प्राप्त पाँच दलले निवेदन दिइसकेका छन् । जनता समाजवादी पार्टीले भने हालसम्म निवेदन दिइसकेको छैन।

    निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दिएका दल दर्ता गर्न हुनुपर्ने व्यवस्था छ।


    शनिवार, फाल्गुण १४ २०७८०८:४०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij