Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जसपा कार्यकारिणी समिति बैठक सूरु, १२ एजेण्डामाथि छलफल हुने

जसपा कार्यकारिणी समिति बैठक सूरु, १२ एजेण्डामाथि छलफल हुने

  • शुक्रवार, फाल्गुण १३ २०७८

  • 760
    SHARES

  • जसपा कार्यकारिणी समिति बैठक सूरु, १२ एजेण्डामाथि छलफल हुने

    काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) ले १२ वटा एजेण्डामा छलफल सुरु गरेको छ । पार्टीको कार्यकारिणी समितिको शुक्रबारदेखि सुरु बैठकका लागि विभिन्न १२ वटा एजेण्डा पेश भएको पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीले बताए ।

    उनका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा तय गरेर छलफल सुरु भएको छ ।

    यसअघि बैठक औपचारिक रुपमा सुरु हुनुअघि पक्ष विपक्षमा चर्काचर्की भएको थियो । ग्वार्कोको एक होटलमा बसेको बैठकमा एजेण्डा प्रस्तुत नहुँदै नेताहरुले आ–आफ्ना कुरा पक्ष र विपक्षमा राख्न थालेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको कमीकमजोरी देखाई आलोचना गरेका थिए भने अध्यक्ष पक्षका नेताहरुले अध्यक्ष यादवको कमीकमजोरी देखाइ आलोचना गर्न लागिपरेका थिए । यही विषयमा दुबै पक्षबीच चर्काचर्की भइरहेको एक नेताको भनाइ छ ।

    तर अधिकारीले भने नेताहरुले कुरा राख्दा आवाज केही ‘लाउड्ली’ मात्रै भएको प्रतिकृया दिए । ‘एजेण्डालगायतको विषयमा अनौपचारिक छलफल चल्दा नेताहरुले केही कुरा राख्दा बाहिर त्यस्तो सुनिएको हो तर बैठकमा कुनै चर्काचर्की भएको होइन’, उनको भनाइ छ ।

    उनका अनुसार बैठकमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले चलाएको हस्ताक्षर अभियानको बारेमा पनि छलफल हुनेछ । उनले अध्यक्षको लागि पार्टीमा देखिएको विवादको बारेमा पनि छलफल हुने बताए ।


    शुक्रवार, फाल्गुण १३ २०७८०५:२७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij