Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द

काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द

  • सोमवार, श्रावण २६ २०७७

  • 704
    SHARES

  • काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय भएको छ ।

    सोमबार बसेको दुवै वडाको संयुक्त बैठकले वडा नम्बर १२ र २१ मा अत्यावश्यकीय सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।दुवै वडाले संयुक्त रुपमा जारी गरेको सूचनामा भनिएको छ, ‘औषधि, खाद्यान्न र पानी पसल बाहेक अन्य पसलहरु बन्द गर्न अनुरोध गरिन्छ ।’

    खाद्यान्न पसल बिहान १० बजेसम्म र साँझ ५ देखि राति ८ बजेसम्म मात्र खोल्न समेत सूचनामार्फत आग्रह गरिएको छ ।

    दुवै वडामा कोरोना संक्रमित भेटिएकाले संक्रमण बढ्न गई भयावह हुन सक्ने जोखिमलाई मध्यनजर राखेर अत्यावश्यकीय बाहेकका सेवा बन्द गर्नु परेको सूचनामार्फत जानकारी गराइएको छ ।

     


    सोमवार, श्रावण २६ २०७७०३:०९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij