Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

स्थानीय तह निर्वाचन प्रयोजनका लागि २९ दल आयोगमा दर्ता

स्थानीय तह निर्वाचन प्रयोजनका लागि २९ दल आयोगमा दर्ता

  • शुक्रवार, फाल्गुण १३ २०७८

  • 284
    SHARES

  • स्थानीय तह निर्वाचन प्रयोजनका लागि २९ दल आयोगमा दर्ता

    काठमाडौँ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म २९ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार थप १९ वटा राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका हुन् ।

    यसअघि दशवटा राजनीतिक दलले निवेदन दिएका थिए । यसरी निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलहरुको सङ्ख्या २९ पुगेको हो ।

    स्थानीय तह निर्वाचनमा सहभागी हुन बहुजन एकता पार्टी, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेकपा (एकीकृत समाजवादी), तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित १९ राजनीतिक दलहरुले पछिल्लो पटक आयोगमा निवेदन दिएका हुन् ।

    आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि फागुन ५ सूचना निकालेर फागुन १५ गतेभित्र दर्ता गरिसक्न आह्वान गरेको थियो ।


    शुक्रवार, फाल्गुण १३ २०७८०७:२३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij