Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

५० रूसी सैनिक मारिएको युक्रेनको दाबी

५० रूसी सैनिक मारिएको युक्रेनको दाबी

  • बिहिवार, फाल्गुण १२ २०७८

  • 1.0K
    SHARES

  • ५० रूसी सैनिक मारिएको युक्रेनको दाबी

    काठमाडौँ – युक्रेनको सेनाले पूर्वी युक्रेनमा बिहीबार ५० जना रूसी सैनिक मारिएको दाबी गरेको छ।

    समाचार संस्था रोयटर्सका अनुसार पूर्वी सहर खार्किभनजिकै चार वटा रूसी सैनिक ट्यांक ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ। त्यस्तै रूसले स्वतन्त्र राज्यको मान्यता दिएको लुहान्स्कमा ५० रूसी सैनिक मारिएको युक्रेनी सेनाको दाबी छ। पूर्वी युक्रेनका अन्य क्षेत्रमा हेलिकप्टर सहित ६ वटा सैनिक जहाज खसालेको पनि युक्रेनी सेनाले दाबी गरेको छ।

    रूसले भने आफ्ना जहाज र बख्तरबन्द गाडीमा क्षति भएको कुरा अस्वीकार गरेको छ।

    युक्रेनको बोर्डर गार्ड सर्भिसले खेर्सोन क्षेत्रमा आफ्ना तीन सैनिक मारिएको र धेरै घाइते भएको जनाएको छ।


    बिहिवार, फाल्गुण १२ २०७८०३:४९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij