Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमसीसीविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

एमसीसीविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

  • मंगलवार, फाल्गुण १० २०७८

  • 762
    SHARES

  • एमसीसीविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

    काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए ।

    मंगलबार(आज) सर्वोच्च अदालत प्रशासनले भण्डारीको रिट दरपीठ गरिदिएको छ । सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दरपीठ भएको हो । सो दरपीठका विरुद्ध भण्डारी निवेदन लिएर पुनः सर्वोच्च जाने तयारी गरेका छन् ।


    मंगलवार, फाल्गुण १० २०७८०१:४४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij