Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

  • सोमवार, फाल्गुण ९ २०७८

  • 570
    SHARES

  • थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १ हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ९२५ पुगेको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार २८२ जना रहेका छन् ।


    सोमवार, फाल्गुण ९ २०७८०४:२४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij