Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य आजपनि घट्यो, तोलाको १ लाख २ हजार ४ सयमा कारोबार हुँदै

सुनको मुल्य आजपनि घट्यो, तोलाको १ लाख २ हजार ४ सयमा कारोबार हुँदै

  • सोमवार, श्रावण २६ २०७७

  • 988
    SHARES

  • सुनको मुल्य आजपनि घट्यो, तोलाको १ लाख २ हजार ४ सयमा कारोबार हुँदै

    काठमाडौँ । साताको पहिलो दिन हिजोदेखि घट्न थालेको सुनको मूल्य आज पनि घट्नेको छ । आज सुन प्रतितोला २ सय रुपियाँ घटेको हो । हिजो प्रतितोला ५ रुपियाँ बढेको चाँदीको मूल्य आज भने प्रतितोला १५ रुपियाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा निर्धारण गरिएको छ ।

    हिजो भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय १० रुपियाँमा कारोबार भएको थियो ।


    सोमवार, श्रावण २६ २०७७०२:०४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij