Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दुर्घटनापछि दाङको लमही–तुलसीपुर सडक खण्ड तनावग्रस्त,५ राउण्ड अश्रुग्याँस प्रहार

दुर्घटनापछि दाङको लमही–तुलसीपुर सडक खण्ड तनावग्रस्त,५ राउण्ड अश्रुग्याँस प्रहार

  • सोमवार, फाल्गुण ९ २०७८

  • 1.1K
    SHARES

  • दुर्घटनापछि दाङको लमही–तुलसीपुर सडक खण्ड तनावग्रस्त,५ राउण्ड अश्रुग्याँस प्रहार

    काठमाडौँ – दाङको लमही–तुलसीपुर सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको विषयलाई लिएर झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस हानेको छ ।

    दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालक अर्जुन खड्काको परिवारले ट्रक चालकसँगै घटनामा संलग्न अर्को मोटरसाइकल चालकलाई पनि पक्राउ गर्नुपर्ने माग गर्दै अवरुद्ध गरेको सडक प्रहरीले खुलाउन खोजेपछि झडप भएको हो । त्यस क्रमम प्रहरीले ५ राउन्ड अश्रुग्याँस हानेको हो । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय गोग्लीको प्रहरी विट समेत ढालिदिएका छन् र सडकमा आगो बालेका छन् ।

    सो घटनालाई लिएर घोराही उपमहानगरपालिका–३ भानुचोक नजिकै मृतक परिवारले विहान ९ बजेदेखि नै लमही–तुलसीपुर सडक अवरुद्ध गर्दै आएका थिए । सोमबार विहान भानु चोक नजिकै ट्रकले मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय १९ वर्षीय अर्जुन खड्काको घटनास्थलमै मुत्यु भएको थियो ।

    प्रहरीले ठक्कर दिने ट्रकसहित चालक रिरेन्द्रकुमार पूर्वेलाई नियन्त्रणमा लिइसकेको छ । मतृकका परिवारले भने घटनामा अर्को मोटर साइकल चालक समेत दोषी रहेको भन्दै पक्राउ गर्नुपर्ने माग गरेको स्थानीय वेदब्यास पोखरेलले बताए ।

    जिल्ला प्रहरी प्रमुख सुरेशकुमार काफ्लेले मृतक परिवारसँग वार्ता भइरहेको बताउँदै घटना नियन्त्रणमा आएको बताए । उनले केहीबेरमै मृतक परिवारसँग छलफल गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।


    सोमवार, फाल्गुण ९ २०७८०३:१४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij