Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

‘गठबन्धन’वालाहरू ‘घिउ बेचुवा र तरबार बेचुवा’जस्ता : विष्णु रिमाल

‘गठबन्धन’वालाहरू ‘घिउ बेचुवा र तरबार बेचुवा’जस्ता : विष्णु रिमाल

  • सोमवार, फाल्गुण ९ २०७८

  • 472
    SHARES

  • ‘गठबन्धन’वालाहरू ‘घिउ बेचुवा र तरबार बेचुवा’जस्ता : विष्णु रिमाल

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धन कपटपूर्ण अभ्यासमा लागेको आरोप लगाउनुभएको छ । अमेरिकी सहायता सम्झौता एमसीसी संसदमा टेलब गरिएको भोलिपल्ट आज बिहानै उपमहासचिव रिमालले गठबन्धविरुद्ध कडा शब्दमा आक्रोश पोख्नुभएको हो ।

    उहाँले एमसीसीका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा माओवादी केन्द्र प्रतिपक्षी एमालेलाई देखाएर हावी हुन खोजेको टिप्पणी गर्नुभएको छ ।

    ‘गठबन्धन’वालाहरू घिउ बेचुवा र तरबार बेचुवा’ जस्ता ! प्रधानमन्त्रीको दल र सभामुखको दल दुवै एमालेलाई देखाएर एकअर्कामाथि हावी हुने दाउमा छन’, रिमालले सामाजिक संजालमा भन्नुभएको छ, ‘क्याबिनेटमा सुरक्षा टाइट गर्ने निर्णय गर्ने, सडकमा हिंसात्मक विरोधमा कार्यकर्तालाई उकास्ने !’

    प्रमुख प्रतिपक्षलाई विरोधमा उत्रिन बाध्य पारेको बताउँदै उहाँले गठबन्धन ‘चिची पनि मलाई, पापा पनि मलाई’को कपटपूर्ण अभ्यासमा रहेको आरोप पनि लगाउनुभएको छ ।


    सोमवार, फाल्गुण ९ २०७८०८:३५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij