Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

देशभर २६२ जना कोरोना संक्रमित थपिए, ४ को मृत्‍यु

देशभर २६२ जना कोरोना संक्रमित थपिए, ४ को मृत्‍यु

  • आइतवार, फाल्गुण ८ २०७८

  • 778
    SHARES

  • देशभर २६२ जना कोरोना संक्रमित थपिए, ४ को मृत्‍यु

    काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र ३ हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने १ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।

    आइतबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १४ हजार १५६ पुगेको छ । ती मध्ये ११ हजार ९२१ जनाको मृत्यु भएको छ भने ९ लाख ५१ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संमिक्रतको संख्या १२ हजार २४४ रहेको छ । जसमध्‍ये ११ हजार ७५४ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ४९० जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १३६ जनाको आईसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै काठमाडौं उपत्यकामा थप ९३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्‍ये काठमाडौंका ८०, ललितपुरका १२ र भक्तपुरका १ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


    आइतवार, फाल्गुण ८ २०७८०४:५४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij