Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषदको बैठक बस्दै, कोरोना महामारी रोकथामका विकल्पबारे निर्णय गर्ने

मन्त्रिपरिषदको बैठक बस्दै, कोरोना महामारी रोकथामका विकल्पबारे निर्णय गर्ने

  • सोमवार, श्रावण २६ २०७७

  • 616
    SHARES

  • मन्त्रिपरिषदको बैठक बस्दै, कोरोना महामारी रोकथामका विकल्पबारे निर्णय गर्ने

    काठमाडौं ।  आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ। बैठकमा कोभिड महामारी रोकथामका विकल्पबारे निर्णय गर्ने तयारी भएको छ। यसअगाडि नै मन्त्रिपरिषद बैठकले १ भदौंदेखि पूर्ण रुपमा बन्दाबन्दी अन्त्य गर्ने निर्णय गरेको छ।

    गएको ७ साउनमै बन्दाबन्दी अन्त्य गरेपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान, अन्तरजिल्ला यातायात, स्थलगत आवागमन, शैक्षिक संस्थाहरु खुलेको छैन। १ भदौंदेखि अहिले बन्द रहेका क्षेत्रहरु खोल्ने निर्णय गरेको छ।

    तर, बन्दाबन्दी खुलेसँगै महामारीको संक्रमण झनै बढेर गएकाले यो निर्णय अन्योलमा परेको छ। सरकारको तयारी भने पूर्व निर्णय सच्याउँदै बन्दा कायमै राख्ने रहेको जनाइएको छ।

    गृह मन्त्रालयले एक साता अगाडि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ भने राति नौ देखि बिहान ५ बजेसम्म हिडडुलमा समेत रोक लगाएको छ।

    कोभिड महामारीबाट नेपालमा संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ भने ७५ जनाको मृत्यु भइसकेको छ। बढी जनसंख्या रहेको राजधानी उपत्यका, वीरगञ्ज र विराटनगर महानगरपालिका लगायत क्षेत्रमा बन्दाबन्दी खुलेपछि झनै संक्रमण बढेर गएको छ।


    सोमवार, श्रावण २६ २०७७०१:५१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij