Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

  • शनिवार, फाल्गुण ७ २०७८

  • 868
    SHARES

  • स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

    काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन लगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

    प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गइरहेको उल्लेख गर्दै त्यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना रहेको बताए ।

    ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको दावी समेत गरे ।

    स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढीकरण गरी कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट सो महामारीलाई छिट्टै परास्त गर्न सकिने विश्वास समेत व्यक्त गरे ।

    उनले भने, ‘कोभिड १९ को प्रकोपलाई नियन्त्रण गर्ने सन्दर्भमा सरकारले देशभर खोप लगाउने अभियानलाई तीव्रता दिएको छ । र, यस कार्यमा उल्लेखनीय सफलता पनि हासिल भएको छ । सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार तथा सुदृढिकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ । हामी सबैको समन्वयात्मक प्रयासबाट कोभिडलाई छिट्टै परास्त गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछौं भन्ने मैले विश्वास लिएको छु । हामी स्थानीय तहको चुनाव छिट्टै सम्पन्न गर्न गइरहेका छौं । त्यसलगत्तै प्रदेश र संघीय तहको चुनाव पनि गर्नुपर्नेछ । ती सबै चुनावहरूलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूबाट मुलुकका शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान हामी सबै प्रतिबद्ध हुन आवश्यक छ ।’

    प्रधानमन्त्री देउवाले मुलुकको तिव्र गतिमा लागि आर्थिक विकास र रुपान्तरण गर्न सरकारले चाहिरहेको पनि बताए । त्यस अवसरमा उनले सुन्दर नेपाल बनाउने सपनालाई साकार पार्न प्रजातन्त्र दिवसले सबैमा प्रेरणा प्रदान गर्ने शुभकामना पनि व्यक्त गरेका छन ।


    शनिवार, फाल्गुण ७ २०७८०२:१४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij