Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एमसिसीबारे चिनले मुख खोल्यो, धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने भनाई

एमसिसीबारे चिनले मुख खोल्यो, धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने भनाई

  • शुक्रवार, फाल्गुण ६ २०७८

  • 983
    SHARES

  • एमसिसीबारे चिनले मुख खोल्यो, धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने भनाई

    काठमाडौं – नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे भइरहेको विवादमा उत्तरी छिमेकी चीनले मुख खोलेको छ।

    शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएको ग्लोबल टाइम्सले जनाएको छ।

    ‘चीन नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने कुराको स्वागत गर्छ तर यस्तो सहयोग कुनै राजनीतिक सर्तबिना नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ,’ वेनबिनले भनेका छन्।

    केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका थिए। फोन कुराकानीका क्रममा प्रचण्डलाई लुले एमसिसी पारित नभए चीनका कारण नभएको ठान्ने बताएको समाचार प्रकाशित भएका थिए।

    काठमाडौंस्थित अमेरिकी राजदूतावासले भने आफूहरूले नेपाली नेतालाई धम्की नदिएको बताएको छ। अमेरिकी अधिकारीहरूले नेपालमा एमसिसीको यति धेरै विरोध हुनुका पछाडि विदेशी शक्तिको हात रहेको बताउँदै आएका छन्।

    चीनले यसअघि यसबारे औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको थिएन।


    शुक्रवार, फाल्गुण ६ २०७८०५:२७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij