Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

करको लोभमा लकडाउन खुकुलो बनाईयो : डा भोला रिजाल

करको लोभमा लकडाउन खुकुलो बनाईयो : डा भोला रिजाल

  • सोमवार, श्रावण २६ २०७७

  • 623
    SHARES

  • करको लोभमा लकडाउन खुकुलो बनाईयो : डा भोला रिजाल

    काठमाडौं । बरिष्ठ चिकित्सक डा. भोला रिजालले सरकारले करको लोभमा लकडाउन खुकुलो बनाएको टिप्पणी गर्नुभएको छ ।
    अहिले लकडाउन लगाउनु पर्ने बेलामा झन खुकुलो बनाइको र लगाउनु नपर्ने बेलामा लगाईएको उहाँको भनाई छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “करको कारणले लकडाउन खुलाएको हो की जस्लो लाग्यो, लकडाउन लगाउनु पर्नेमा खोलियो, नलगाउनु पर्नेमा लगाइयो, मैले यो कुरा पहिले देखिनै पटक पटक भन्दै आएको छु ।”

    डा रिजालले कोरोना नियन्त्रणका लागि सरकारले पर्याप्त प्रयास र बुद्धिमत्तापूर्ण निर्णयहरु गर्न नसकेको बताउनुभयो ।
    उहाँले कोरोना नियन्त्रण तथा व्यवस्थापनको जिम्मेबारीमा रहेका व्यक्तिहरुमा व्यवस्थापकीय क्षमता कमजोर देखिएको टिप्पणी गर्नुभयो ।

    बरिष्ठ चिकित्सक रिजालले कोरोना नियन्त्रणमा सरकारले नीजि क्षेत्रलाई दोष दिन नमिल्ने दावी गर्नुभयो । कोभिड विषेश अस्पताल भनेर एउटालाई तोक्ने अनि अर्काले गरेनन् भनेर भन्न नमिल्ने उहाँको तर्क छ ।

    “नीजिलाई क्षेत्रलाई कुनै जिम्मेबारी नै दिएको छैन, उनीहरुले के गर्ने भन्ने बारेमा स्पष्ट नै छैन, अनि कसरी उनीहरुलाई दोष दिन मिल्छ ?” डा रिजालले प्रश्न गर्नुभयो ।

    सरकारी स्वास्थ्य सेवाले नपुगेपछि नीति क्षेत्रलाई प्रयोग गर्न भने कुनै बाधा नरहेको र नीजि अस्पतालहरु तयार नै रहनु पर्ने उहाँको भनाई छ ।


    सोमवार, श्रावण २६ २०७७०९:१७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij