Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

एमसीसीबारे प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा

एमसीसीबारे प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा

  • शुक्रवार, फाल्गुण ६ २०७८

  • 737
    SHARES

  • एमसीसीबारे प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा

    काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र काँग्रेसकै नेताहरुसँग आन्तरिक परामर्शमा जुटेका छन् ।

    शुक्रबार(आज) बिहान सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग एमसीसीबारे छलफल गरेका प्रधानमन्त्री देउवाले त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडुलाई बालुवाटार बोलाएर परामर्श थालेका हुन् । देउवासँगको परामर्शमा काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल पनि सहभागी छन् ।

    शीर्ष नेताको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी स्थायी समितिमार्फत एमसीसीबारे ठोस निर्णय गर्ने र पार्टीको बैठक फागुन सातमा बोलाएकाले एमसीसी टेवल गर्न केही दिन रोक्न आग्रह गरेका थिए । नेता नेपालको आग्रहमा प्रधानमन्त्री देउवा सकारात्मक भएपछि पुनः गठबन्धनको बैठक फागुन ८ मा बोलाइएको छ ।

     


    शुक्रवार, फाल्गुण ६ २०७८१२:२६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij