Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमसीसी विरोधी प्रदर्शन : १३७ जना पक्राउ, प्रहरीसहित ४ जना घाइते

एमसीसी विरोधी प्रदर्शन : १३७ जना पक्राउ, प्रहरीसहित ४ जना घाइते

  • बुधवार, फाल्गुण ४ २०७८

  • 900
    SHARES

  • एमसीसी विरोधी प्रदर्शन : १३७ जना पक्राउ, प्रहरीसहित ४ जना घाइते

    काठमाडौँ । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सम्झौता संसद्बाट पारित गर्न लागिएको भन्दै आज संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारी र प्रहरी आमने–सामने हुँदा नयाँ बानेश्वर क्षेत्र आज रणमैदानजस्तै बनेको थियो ।

    सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रका भातृ संगठनहरु समेत सहभागी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप नै भयो । माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरु नारा–जुलुससहित नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ अगाडि बढेका थिए । प्रहरीले उनीहरुलाई संसद् भवन नपुग्दै एभरेस्ट होटल नजिक रोकेको थियो ।

    प्रदर्शनकारीहरुले निषेधित क्षेत्र समेत तोडेर संसद् भवन भएको क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यासदेखि पानीका फोहोरासम्म प्रहार गर्‍यो । प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुङ्गामुडा गरेका थिए ।

    प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए ।

    एमसीसीको विरोधमा आज नेकपा माओवादी केन्द्रका भातृसंगठन, राप्रपाको भातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू र ५ साना कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।

    सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी यथास्थितिमा (संशोधन नगरी) पारित गर्न नहुने पक्षमा छन् । गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा एमसीसी सम्झौता खारेज हुनुपर्ने पक्षमा छ ।

    यस्तै, संसद्बाट एमसीसी पास गर्न लागिएको भन्दै आज ५ कम्युनिस्ट पार्टीले देशव्यापी बन्दको समेत आह्वान गरेका छन्।


    बुधवार, फाल्गुण ४ २०७८०४:५०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij