Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

गौतम बुद्ध नेपालमै जन्मिएका हुन्, यो बहसको विषय होईन: परराष्ट्र मन्त्रालय

गौतम बुद्ध नेपालमै जन्मिएका हुन्, यो बहसको विषय होईन: परराष्ट्र मन्त्रालय

  • आइतवार, श्रावण २५ २०७७

  • 799
    SHARES

  • गौतम बुद्ध नेपालमै जन्मिएका हुन्, यो बहसको विषय होईन: परराष्ट्र मन्त्रालय

    काठमाडौं । परराष्ट्र मन्त्रालयले गौतम बुद्ध भारतमा जन्मिएको भनी भारतीय विदेशमन्त्री एस जयशंकरले दिएको आभिव्यक्तिप्रतिको खण्डन गरेको छ । खण्डन गर्दै परराष्टले गौतम बुद्ध नेपालमै जन्मिएका हुन्, यो बहसको विषय नभएको बताएको छ । विदेशमन्त्री जयशंकरको उक्त भनाइको खण्डन गरेको हो ।

    ‘ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरूबाट गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भन्ने स्थापित भइसकेको छ र यो तथ्य निर्विवाद छ, बुद्धको जन्मस्थल र बौद्ध धर्मको धरोहर लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकत सम्पदामध्ये एक हो,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ ।

    सन् २०१४ मा नेपाल भ्रमणमा आएका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधन गर्दै ‘नेपाल एक त्यस्तो देश हो जहाँ विश्वमा शान्तिका अग्रदूत बुद्धको जन्म भएको थियो’ भनेकोसमेत मन्त्रालयले स्मरण गराएको छ ।


    आइतवार, श्रावण २५ २०७७०७:५०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij