Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

संसद् बैठक ५ मिनेट बसेर सकियो, अर्को बैठक फागुन ६ गते

संसद् बैठक ५ मिनेट बसेर सकियो, अर्को बैठक फागुन ६ गते

एमालेद्वारा नाराबाजी
  • बुधवार, फाल्गुण ४ २०७८

  • 1.2K
    SHARES

  • संसद् बैठक ५ मिनेट बसेर सकियो, अर्को बैठक फागुन ६ गते

    काठमाडौँ । प्रतिनिधिसभाको बुधबार(आज)को बैठक करिब ५ मिनेट बसेर सकिएको छ । नेकपा एमालेले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका थिय। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।

    त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।

    प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेछ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।


    बुधवार, फाल्गुण ४ २०७८०१:५०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij