Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक, यस्तो छ कार्यतालिका !

एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक, यस्तो छ कार्यतालिका !

  • बुधवार, फाल्गुण ४ २०७८

  • 552
    SHARES

  • एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक, यस्तो छ कार्यतालिका !

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी चैत ७ र ८ गते हुने चुनावको कार्यतालिका सार्वजनिक भएको छ ।

    फेव्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेव्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, २४ देखि २७ तारिखसम्म मतदाता नामावली उपर दावी विरोध, मार्च ३ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

    मार्च ६ मा उम्मेदवारको नामावली प्रकाशन गर्ने, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मार्च २१ देखि २२ मा मतदान गर्ने र त्यसपछि मतगणना र नतिजा सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ ।

    निर्वाचन सम्पन्न गर्न भीमसेन बन्जारा संयोजकत्वको निर्वाचन समितिले काम गरिरहेको छ जसमा रामप्रताप थापा (जर्मनी), चिरञ्जीवी ढकाल (बेलायत) र डा. विष्णुमाया परियार (अमेरिका) सदस्य छन् । सदस्य सचिवको रुपमा भूषण घिमिरे (जापान) छन् ।

    फेव्रुअरी १४ मा अध्यक्ष पन्तले ३६३४ जना मतदाता नामावलीको सूची निर्वाचन समिति संयोजक बञ्जारालाई बुझाएका थिए ।

    एनआरएनएको इतिहासमै पहिलोपटक विद्युतीय मतदान प्रणालीबाट यसपटकको चुनाव हुँदैछ । निर्वाचन समितिले इ–भोटिङको पूर्वतयारी सम्पन्न भैसकेको जनाएको छ ।

     


    बुधवार, फाल्गुण ४ २०७८०१:१५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij