Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सप्तरीमा भदौ २ गतेसम्म थपियो निषेधाज्ञा

सप्तरीमा भदौ २ गतेसम्म थपियो निषेधाज्ञा

  • आइतवार, श्रावण २५ २०७७

  • 571
    SHARES

  • सप्तरीमा भदौ २ गतेसम्म थपियो निषेधाज्ञा

    राजविराज ।  जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाभरी लगाएको निषेधाज्ञा भदौ २ गते सम्मका लागि बढाएको छ ।

    जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सप्तरी जिल्लाभर भदौ २ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

    यसअघि सप्तरी प्रशासनले साउन ८ गतेदेखि राजविराज नगरपालिका क्षेत्रमा र साउन २० गतेदेखि २६ गते सम्मका लागि जिल्लाभरी नै निषेधाज्ञा लागू गरेको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि निषेधाज्ञाको समयावधी थपिएको हो ।

    प्रशासनले चाडपर्व मनाउँदा निषेधाज्ञाको बर्खिलाप नहुने गरि आफ्नो घरभित्रै सुरक्षित साथ मात्र चाडपर्व मनाउन समेत अनुरोध गरेको छ ।पछिल्लो तथ्यांक अनुसार सप्तरीमा हालसम्म कोरोनाबाट कूल ५ सय ७१ जना संक्रमित भएका छन् ।

    दुईजना संक्रमितको मृत्यु समेत भइसकेको छ ।


    आइतवार, श्रावण २५ २०७७०६:१८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij