Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कांग्रेस संसदीय दलको बैठक बस्दै , एमसीसी र महाअभियोग विषयमा छलफल हुने

कांग्रेस संसदीय दलको बैठक बस्दै , एमसीसी र महाअभियोग विषयमा छलफल हुने

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 558
    SHARES

  • कांग्रेस संसदीय दलको बैठक बस्दै , एमसीसी र महाअभियोग विषयमा छलफल हुने

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

    नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्नेछ । बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसदमा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

    संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ ।

    यस्तै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

    संसद्मा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकालगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

     


    मंगलवार, फाल्गुण ३ २०७८०६:२८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij