Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

आज थप ७४७ कोरोना संक्रमित थपिए, ८ को मृत्यु

आज थप ७४७ कोरोना संक्रमित थपिए, ८ को मृत्यु

  • सोमवार, फाल्गुण २ २०७८

  • 947
    SHARES

  • आज थप ७४७ कोरोना संक्रमित थपिए, ८ को मृत्यु

    काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । ७४७ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६९६ नमुना परीक्षण गरिएको थियो । ६ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा दुई हजार ३१९ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर २० हजार ७३९ संक्रिय संक्रमित छन् । जसमध्‍ये १९ हजार ९३० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ८०९ जना संस्थागत आइसोलेसनमा छन् ।

    उनीहरुमध्ये १७८ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


    सोमवार, फाल्गुण २ २०७८०४:४७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij