Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेकपा महासचिव पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि, पौडेलको रिपोर्ट भने नेगेटिभ

नेकपा महासचिव पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि, पौडेलको रिपोर्ट भने नेगेटिभ

  • आइतवार, श्रावण २५ २०७७

  • 884
    SHARES

  • नेकपा महासचिव पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि, पौडेलको रिपोर्ट भने नेगेटिभ

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेलको अंगरक्षक (पीएसओ)लाई कोरोना संक्रमण भएको छ। अंगरक्षकलाई कोरोना संक्रमण भएपछि महासचिव पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन्।

    शुक्रबार महासचिव पौडेलसहित उनका अंगरक्षकहरुमाथि गरिएको परीक्षणका क्रममा एक जना अंगरक्षकमा कोरोना संक्रमण देखिएको हो।

    पौडेल र उनीसँगै स्वाब  लिइएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ। ती अंगरक्षकलाई प्रहरी अस्पतालमा भर्ना गरिएको बुझिएको छ।

    भेटघाटमा सक्रिय पौडेल शनिबारसम्म पनि विभिन्न भेटघाटमा व्यस्त थिए। शनिबारमात्रै उनले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए।


    आइतवार, श्रावण २५ २०७७०५:३४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij