Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

  • आइतवार, फाल्गुण १ २०७८

  • 943
    SHARES

  • सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। बैठक सोमबार(भोली) दिउँसो २ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाइएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

    ‘समसायिक विषयमा छलफल गर्न सभामुखज्यूले बैठक बोलाउनुभएको हो', न्यौपानेले भने।

    आइतबार सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध महाभियोग दर्ता गरेका छन्।

    अर्कोतिर, गत भदौदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्दै आएको छ। एमसीसीसँगको सम्झौतालाई सदनबाट अनुमोदन गर्ने विषयमा पनि दलहरु विभाजित छन्। यस्तो बेलामा सभामुखले बोलाएको सर्वदलीय बैठकलाई अर्थपूर्ण ढंगले हेरिएको छ।

    सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले उपस्थिति भएको थिएन।


    आइतवार, फाल्गुण १ २०७८०१:४०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij