Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धद्वारा महाभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धद्वारा महाभियोग प्रस्ताव दर्ता

  • आइतवार, फाल्गुण १ २०७८

  • 686
    SHARES

  • प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धद्वारा महाभियोग प्रस्ताव दर्ता

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।

    सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।

    स‌ंसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना स‌ासदले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन्।

    ३ जना प्रस्तावक र ९५ जना समर्थक रहेका छन्। हस्ताक्षर गर्नेमा पुष्पा भुसाल, जीवनराम श्रेष्ठ लगायतका सांसद छन्।

    जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए । सर्वोच्च अदालतको नियमावली संशोधन गरेर गोला प्रक्रियाबाट पेशी तोक्न थालेपछि न्यायाधीशहरु बेञ्चमा फर्किएका छन् ।

    तर प्रधानन्यायाधीश जबराले अझैसम्म मुद्दा हेरेका छैनन् । जबराले राजीनामा नदिएपछि बारले महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो ।


    आइतवार, फाल्गुण १ २०७८१२:२३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij