Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कोरोना ग्राफ ओरालो लागेसँगै आजदेखि खुल्दै उपत्यकाका शैक्षिक संस्था

कोरोना ग्राफ ओरालो लागेसँगै आजदेखि खुल्दै उपत्यकाका शैक्षिक संस्था

  • आइतवार, फाल्गुण १ २०७८

  • 794
    SHARES

  • कोरोना ग्राफ ओरालो लागेसँगै आजदेखि खुल्दै उपत्यकाका शैक्षिक संस्था

    काठमाडौँ । कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका काठमाडौँ उपत्यकाका शैक्षिक संस्था आजदेखि खुल्दै छन् । कोरोना संक्रमणको ग्राफ निरन्तर ओरालो लागेपसँगै आजदेखि शैक्षिक संस्था र सबैखाले व्यवसाय सञ्चालनको अनुमित दिइएको हो । आजदेखि रात्रिकालीन व्यवसाय रेष्टुरेन्ट, डान्स बारलगायत पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुँदै छन् ।


    कोभिड–१९ स्वास्थ्य संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल तथा फुटसल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् ।

    सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आजदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई गत साता सिफारिस गरेको थियो ।


    आइतवार, फाल्गुण १ २०७८०७:१०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij