Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रोयल्टी नबुझाउने याक एन्ड यतिको क्यासिनो र पाँच तारे इजाजत रद्द

रोयल्टी नबुझाउने याक एन्ड यतिको क्यासिनो र पाँच तारे इजाजत रद्द

  • बिहिवार, माघ २७ २०७८

  • 545
    SHARES

  • रोयल्टी नबुझाउने याक एन्ड यतिको क्यासिनो र पाँच तारे इजाजत रद्द

    काठमाडौँ । काठमाडौँको दरबारमार्गमा रहेको ‘याक एण्ड यति होटल’को पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजत पत्र रद्ध गरिएको छ । राज्यलाई बुझाउनु पर्ने ४२ करोड बढी रोयल्टी पटक–पटक ताकेदा गर्दा पनि नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्ध गरिदिनुभएको हो ।

    बुधबार मन्त्रीस्तरीय निर्णयले याक एण्ड यति होटल लिमिटेडको क्यासिनो सञ्चालन इजाजत पत्र र होटलस्तर वर्गीकरण प्रमाणपत्र रद्ध गरिएको हो । मन्त्रालयले २०४८ पुस २२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो । पर्यटन मन्त्री आलेले रोयल्टी, इजाजत नवीकरण दस्तुर लागयतको रकम कानुन बमोजिम होटलले दाखिला नगरेका कारण इजाजत रद्ध गरेको बताउनुभयो ।

    मन्त्री आलेले धेरैपटक ताकेता गर्दा पनि अटेर गरी याक एन्ड यति होटलले क्यासिनो सञ्चालनबापत सरकारलाई बुझाउनुपर्ने ४२ करोड २५ लाख ६८ हजार २ सय ५२ रुपैयाँभन्दा बढी बक्यौता राजस्व रोयल्टी नतिरेको भन्दै सो होटलको पाँचतारे दर्जा र क्यासिनोको लाइसेन्स रद्द गर्ने निणर्य गरिदिनुभएको हो । मन्त्री आलेको सोही निणर्य तथा निर्देशनअनुसार बुधबार पर्यटन विभागले यस्तो निणर्य गरेको हो ।

    मन्त्रिस्तरीय निर्णयबाट याक एन्ड यति होटलको पाँचतारेस्तरको वर्गीकरण प्रमाणपत्रसमेत रद्द गर्ने निर्णय भएको पर्यटन विभागले जनाएको छ । यसैगरी, सो होटलको नाममा रहेको सम्पूर्ण अलच सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका सबै खाता तथा कारोबारसमेत रोक्का राख्ने निर्णय भएको विभागले जनाएको छ ।

    पछिल्लो समय क्यासिनो सञ्चालन गरेबापतको बक्यौता रोयल्टी नबुझाउने याक एन्ड यति होटललगायत विभिन्न क्यासिनो सञ्चालक तथा सम्बन्धित होटलहरूमा सरकारले अन्तिम मौका दिएर बक्यौता बुझाउन समय दिए पनि अझै अटेर गरेका कारण अहिले यस्तो कारबाही गरिएको विभागले जनाएको छ ।

    सरकारले ताकता गरेको अवस्थाकैबीचमा यति धेरै बक्यौता रोयल्टी नतिरी फरार हुन लागेका सो होटलका क्यासिनो सञ्चालक माइक बोल्सोभरलाई मन्त्री आलेले केही साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाटै रोक्न लगाउनुभएको थियो ।


    बिहिवार, माघ २७ २०७८०७:०१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij