Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राप्रपाः चुनाव घोषणासम्म माग पूरा नभए नयाँ पार्टी खोल्ने थापाको चेतावनी

राप्रपाः चुनाव घोषणासम्म माग पूरा नभए नयाँ पार्टी खोल्ने थापाको चेतावनी

  • सोमवार, माघ २४ २०७८

  • 551
    SHARES

  • राप्रपाः चुनाव घोषणासम्म माग पूरा नभए नयाँ पार्टी खोल्ने थापाको चेतावनी

    काठमाडौं । राप्रपाका नेता कमल थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म पनि आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका छन् ।

    उनले त्यसतर्फ संकेत गर्दै तीनवटा माग पूरा गर्न नेतृत्वलाई अल्टिमेटम दिएका छन् ।

    “स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नुअघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्न बाध्य हुनेछौँ,” थापाले आफू निकटका नेताहरुसँगको छलफलमा भने ।

    उनले समाधान खोजिएमा पार्टीमा क्रियाशील भएर लाग्ने बताए । उनले आफू निकटका नेताहरुको भेला अहिले काठमाडौंमा बोलाएका छन् ।

    थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् । त्यसमा दरबारको हस्तक्षेप भएको भन्दै उनले छानबिनको माग गरेका छन् ।

    उक्त माग पूरा नभए नयाँ दल दर्ता गर्ने उनको चेतावनी थियो । उनले चुनावपछि निरीह र लाचार भएर बस्नुको विकल्प नहुने भन्दै त्यसपहिले नै समस्याको समाधान गर्नुपर्ने बताए ।


    सोमवार, माघ २४ २०७८०१:२४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij