Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बेलायतबाट थप ८ लाख ६२ हजार डोज एस्ट्राजेनेका खोप आइपुग्यो

बेलायतबाट थप ८ लाख ६२ हजार डोज एस्ट्राजेनेका खोप आइपुग्यो

  • सोमवार, माघ २४ २०७८

  • 658
    SHARES

  • बेलायतबाट थप ८ लाख ६२ हजार डोज एस्ट्राजेनेका खोप आइपुग्यो

    काठमाडौँ । नेपालमा सोमबार(आज) कोरोनाविरुद्धको थप ८ लाख ८२ हजार ८० मात्रा अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारले सहयोगमा सो खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ ।

    स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाले दिएको जानकारीअनुसार आज बिहान कतार एयरलाइन्समार्फत उक्त खोप नेपाल आइपुगेको हो।

    यो खोप पनि कोभ्याक्स सुविधामार्फत आइपुगेको शाखाले जनाएको छ। उक्त खोपलाई हाल टेकुस्थित केन्द्रीय भण्डार कक्षमा राखिएको बताइएको छ।

    नेपालमा कोरोनाविरुद्ध खोप आउने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्र पारेको जनाएको छ ।


    सोमवार, माघ २४ २०७८१२:५३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij