काठमाडौँ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकाभित्र चल्ने ट्याक्सी तथा निजी सवारी साधनमा लागू गरिएको जोर–बिजोर प्रणाली हटेको छ । आइतबार बसेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
गएराति १२ बजेदेखि लागू हुने गरी जोर–बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी सूचनामा जनाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएको थियो ।
तर पछि जोर–बिजोर प्रणालीका कारण भीडभाड बढेपछि सार्वजनिक सवारीमा भने हटाइएको थियो । ट्याक्सी र निजी सवारीमा भने कायम राखिएको थियो । आजदेखि त्यसलाई पनि हटाइएको हो ।