Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एमसीसीबारे देउवाले प्रचण्ड र ओलीसँग आजै निर्णायक वार्ता गर्ने

एमसीसीबारे देउवाले प्रचण्ड र ओलीसँग आजै निर्णायक वार्ता गर्ने

  • आइतवार, माघ २३ २०७८

  • 771
    SHARES

  • एमसीसीबारे देउवाले प्रचण्ड र ओलीसँग आजै निर्णायक वार्ता गर्ने

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे निर्णायक वार्ता गर्ने भएका छन् । उनले आज अपरान्ह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका हुन् ।

    देउवाले प्रचण्ड र ओलीसँग एमसीसी सर्वसम्मतबाट पारित गर्नेबारे छलफल गर्ने भएका हुन् । बालुवाटार स्रोतका अनुसार आजको भेटमा एमसीसी पारित गर्न साथ दिन देउवाले आग्रह गर्नेछन् । उनको यो आग्रह निर्णायक हुनसक्ने बुझिएको छ ।

    एमसीसी पारित गर्न देउवा अगाडि बढिसकेका छन् । प्रचण्डले संशोधनमा जोड दिएका छन् । ओलीले भने सत्ता गठबन्धन तोडिएमा एमसीसीको पक्षमा आफूलाई प्रस्तुत गर्ने रणनीति बनाएका छन् ।

    एमसीसी १६ फागुनभित्र टुंगो लगाउन अमेरिकाले समयसीमा दिएको छ । प्रचण्डले देउवासँग संयुक्त पत्र लेखेर अमेरिकालाई २९ सेप्टेम्बर २०२१ मा ५ महिनाको समयसीमा दिन आग्रह गरेका थिए । यो समयसीमा २८ फेब्रुअरीमा सकिदैछ ।


    आइतवार, माघ २३ २०७८०३:२२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij