Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा भोलिदेखि फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा लगाइने

काठमाडौँमा भोलिदेखि फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा लगाइने

  • आइतवार, माघ २३ २०७८

  • 774
    SHARES

  • काठमाडौँमा भोलिदेखि फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा लगाइने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले भोलिदेखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

    जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो ।

    कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरे सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि अपरान्ह चारबजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

    यसरी खोप लगाउनका लागि कामपा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।

    सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ ।

    खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि कामपाले आग्रह गरेको छ । कोरोनाको तेस्रो लहर चलिरहँदा सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ ।

    माघको दोस्रो साता उच्च विन्दुमा पुगेको महामारीको तेस्रो लहर अहीले क्रमिक रुपमा घटिरहेको छ ।


    आइतवार, माघ २३ २०७८०७:५४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij