Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपालमा क्यानसर रोगको अवस्था भयावह, यनिक तथ्यांक नहुँदा न्यूनीकरणमा झन् चुनौती

नेपालमा क्यानसर रोगको अवस्था भयावह, यनिक तथ्यांक नहुँदा न्यूनीकरणमा झन् चुनौती

विशेषज्ञ भन्छन्–सुरुवाती अवस्थामै पहिचान भए ९५ प्रतिशत निको हुन्छ
  • शुक्रवार, माघ २१ २०७८

  • 1.1K
    SHARES

  • नेपालमा क्यानसर रोगको अवस्था भयावह, यनिक तथ्यांक नहुँदा न्यूनीकरणमा झन् चुनौती

    काठमाडौँ । विश्वमा क्यान्सरका कारण हुने मृत्युदरलाई न्यूनीकरण गर्न तथा जनचेतना जगाई यसको रोकथाम, पहिचान र उपचारलाई व्यापक बनाउन हरेक वर्ष ४ फेब्रुअरीमा विश्व क्यानसर दिवस मनाउने गरिएपनि क्यानसरको अवस्था भयावह नै रहेको पाइएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओको तथ्यांकअनसार क्यान्सर विश्वमा मृत्युको दोस्रो प्रमुख कारण हो । मुटुसम्बन्धी रोगबाट सबैभन्दा धेरै मान्छेको ज्यान जाने गरेको छ ।

    विश्वमा रहेक वर्ष झण्डै २ करोड क्यानसर रोगी फेला पर्ने र त्यसमध्ये आधाजसो पीडितले ज्यान गुमाउने गरेका क्यानसर रोग विशषेज्ञहरु बताउँछन् । यो तथ्यांक नेपालको सन्दर्भमा पनि लागु हुने क्यानसर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ बताउनुहुन्छ । नेपालमा सन् २०२० को तथ्यांकअनुसार वार्षिक झण्डै २० हजार क्यान्सरबाट पीडित थपिन्छन्, त्यसमध्ये आधाको मृत्यु हुने गरेको उहाँको भनाइ छ । यो तथ्यांक विश्लेषण गर्दा नेपालमा क्यानसरको अवस्था भयावह नै रहेको डा. श्रेष्ठ बताउनुहुन्छ ।

    क्यान्सर भन्ने वित्तिकै अझै पनि केही मानिसहरु आत्तिहाल्ने गर्छन् । तर अहिले सुरुवाती अवस्थामै पहिचान भए झण्डै ९५ प्रतिशत क्यानसर निको हुने भएकाले आत्तिन नहुने क्यानसर रोग विशेषज्ञ डा. मदन कुमार पिया बताउनुहुन्छ । सुरुवाती अवस्थामा पहिचान गरेर उपचार गरेमा महिलाको स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर र पाठेघरको क्यान्सर निको पार्न सकिने उहाँ बताउनुहुन्छ ।

    खानपानमा लापरबाही गर्नु नै क्यानसर प्रमुख कारण रहेको विज्ञको भनाइ छ । सुर्तिजन्य वस्तुको प्रयोग, माधक पदार्थ सेवन, मासु पोलेर, डराएर वा सुकाएर धेरै खाने, बासी कुराहरु खाने, नुन र चिल्लो बढी खाने र प्लाष्टिकमा राखिएका खानाहरु खाँदा पनि क्यानसरको शिकार भइने विशेषज्ञहरुको बताउँछन् ।

    क्यान्सरको लक्षणबारे यकिन भन्न नसकिने डा. पिया बताउनुहुन्छ । तर डब्लूएचओले भने निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुनेलगायतलाई लक्षण मानेको उहाँ सनुनाउनुहुन्छ ।

    नेपालमा क्यानसर पीडितलाई सरकारले पनि सहुलियत दिँदै आएको छ । अहिले केन्द्र सरकारले एक लाख, केही प्रदेशरले ५० हजार र केही पालिकाहरुले पनि छुट्टै रकम क्यानसर पीडितलाई उपलब्ध गराउँदै आएका छन् । तर क्यानसर विरुद्धका औषधि महंगो पर्ने हुँदा उपचारका लागि यो सहुलियन पर्याप्त नभएको चिकित्सकहरु नै बताउँछन् । कतिपय अवस्थामा एक डोजको पाँच लाखसम्म पर्ने औषधि दिनुपर्ने हुँदा यो सरकारी सहुलियत अपर्याप्त रहेको विशेषज्ञ डा. पियाको भनाइ छ ।

    साथै अहिले नेपालमा क्यानसर पीडितको उपचारमा ठूलो ग्याप देखिनु चुनौतीको विषय बनेको छ । ‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् ‘क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं’ भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस मनाइयो । तर अहिले नेपालमा कतिपयले विश्वकै उत्कृष्ट उपचार पाइरहेका छन् भने कतिलाई क्यानसरको उपचारबारे थाहासमेत नहुने अवस्था छ । यसलाई कम गर्न सरकारले नै प्रमुख दायित्व बहन गर्नुपर्ने क्यानसर विषेशज्ञ डा. सुदीप श्रेष्ठ बताउनुहुन्छ ।

    यसका लागि राष्ट्रिय क्यानसर नीति बनाउनुका साथै उपचारलाई शुलभ बनाउन सरकारले अस्पतालहरुलाई कर छुट दिनुपर्ने, सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने तथा सजिलो कानून बनाउनुपर्ने डा. श्रेष्ठको सुझाव छ ।

    क्यानसरको अवस्था भयावह रहेको भएपनि नेपालमा यकिन तथ्यांक राखिएको छैन । नेपालको क्यानसर पीडितका तथ्यांकबारे डब्लूएचओ र यहाँका डाक्टरहरुबीच मत भिन्नता छ । डब्लूएचओले नेपालमा ३२ हजार क्यान्सरका बिरामी रहेका बताए पनि यहाँका विशेषज्ञहरुले ५० देखि ६० हजार क्यान्सरका बिरामी रहेका बताउँछन् । नेपाल जस्तो क्यान्सर ढिलो पत्ता लाग्ने देशमा यकिन तथ्यांक पनि नराखिँदा क्यानसर न्यूनीकरणमा झन् चुनौती थपिएको देखिन्छ ।


    शुक्रवार, माघ २१ २०७८०७:४०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij