काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन्।
देउवा प्रधानमन्त्री भएको सातौं महिनामा निजी सचिवालयमा नियुक्ति गरिरहेका छन् । काठमाडौं प्रेस डटकम अनलाइनका सञ्चालक समेत रहेका उनी यसअघि पनि परियार देउवा प्रधानमन्त्री हुँदा प्रेस संयोजक थिए ।
परियार यसअघिबाटै औपचारिक रुपमा सचिवालयमा कार्यरत रहे पनि अहिले आएर नियुक्त भएका हुन् ।
देउवाको सचिवालयमा प्रमुख स्वकीय सचिवमा भने भतिजा भानु देउवा, प्रशासन विज्ञ पूर्वसचिव जनार्दशन नेपाल, भाषण तथा मन्तव्य विज्ञमा किरण गजुरेल र सूचना प्रविधि विज्ञमा दिपेश केसी रहेका छन्।