Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार

विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार

  • शनिवार, श्रावण २४ २०७७

  • 989
    SHARES

  • विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार

    काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार गरिएको हो । 

    उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार २५ र सबैभन्दा कम इरान, आर्मिनिया र चेक गणतन्त्रबाट दुई–दुईजना छन् । त्यसैगरी साउदी अरेबियाबाट ६ हजार ५८२, मलेसियाबाट ६ हजार ४६४, कुवेतबाट ६ हजार ३२० र कतारबाट चार हजार ७१८ जनाको उद्धार भएको छ । 

    कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार हालसम्म प्रदेश नं १ का नौ हजार ४१८, प्रदेश नं २ का सात हजार ३५६, वाग्मती प्रदेशका १२ हजार ५७०, गण्डकी प्रदेशका पाँच हजार ७८२, प्रदेश नं ५ का सात हजार ४७९, कर्णाली प्रदेशका एक हजार २६ र सुदूरपश्चिम प्रदेशका एक हजार १६८ जनालाई उद्धार गरिएको छ ।

    शुक्रबारमात्र ८६३ जनाको उद्धार गरिएको र संयुक्त अरब इमिरेट्सको दुबईबाट १५१ जनाको शव ल्याइएको उक्त केन्द्रले जनाएको छ । 


    शनिवार, श्रावण २४ २०७७०२:५६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij