Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भीम रावलको खुला स्मृति–पत्रः वर्तमान सरकारलाई एमसीसी पास गराउने जनादेश छैन (पत्रसहित)

भीम रावलको खुला स्मृति–पत्रः वर्तमान सरकारलाई एमसीसी पास गराउने जनादेश छैन (पत्रसहित)

  • सोमवार, माघ १७ २०७८

  • 651
    SHARES

  • भीम रावलको खुला स्मृति–पत्रः वर्तमान सरकारलाई एमसीसी पास गराउने जनादेश छैन (पत्रसहित)

    काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) पास गराउने वर्तमान सरकारको जनादेश नभएको बताउनुभएको छ ।

    पाँच दलीय गठबन्धनका नेताहरुबीच एमसीसी सम्झौता पास गराउने सहमति भएको समाचारहरु बाहिरएको भन्दै नेता रावलले आज प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा खुला स्मृति–पत्र सार्वजनिक गर्दै सम्झौतालाई संसदबाट अनुमोदन गर्ने खेल भइरहेको दाबी गर्नुभएको छ ।

    वर्तमान सरकार संविधान र लोकतन्त्रका लागि गठन भएको भन्दै नेता रावलले यस दायित्वलाई आत्मसात् गर्दै निर्वाचन गराउनु सरकारको जिम्मेवारी भएको तर्क गर्नुभएको छ । ’यस दायित्वलाई आत्मसात् गर्दै निर्वाचन गराउनु सरकारको जिम्मेवारी हो । यसबाहेक एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने जनादेश र गठबन्धन सरकारको साझा सहमति सरकारलाई प्राप्त छैन ।’

    उहाँले प्रधानमन्त्री विदेशी शक्तिको अगाडी झुकेको भन्दै भन्नुभएको छ, ’तपाईं विदेशी दबाबका सामु लत्रेर त्यही शक्तिको स्वार्थ साधना गर्न एमसीसीसँगको सम्झौता अनुमोदन गर्न तयार हुने तर देशव्यापी रुपमा नेपाली जनताले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा उठाएको आवाज सुन्न तयार नहुने कुरा उचित हो र?’ रावलको प्रश्न थियो ।

    यस्तो छ पत्रः


    सोमवार, माघ १७ २०७८०३:३१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij