Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

ऊर्जामन्त्री भुसाल र अस्ट्रेलियन राजदूत फेलिसिटीबीच शिष्टाचार भेट

ऊर्जामन्त्री भुसाल र अस्ट्रेलियन राजदूत फेलिसिटीबीच शिष्टाचार भेट

  • सोमवार, माघ १७ २०७८

  • 649
    SHARES

  • ऊर्जामन्त्री भुसाल र अस्ट्रेलियन राजदूत फेलिसिटीबीच शिष्टाचार भेट

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा सोमबार (आज) भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

    उक्त अवसरमा मन्त्री भुसालले अस्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्त्व दिएको बताउँदै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सोहार्द्रपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वले सामाना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौती बढ्दै गएकाले आपसी सहकार्य पहिलेभन्दा अझ बढी आवश्यक रहेको बताउनुभयो ।

    नेपाल–अस्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ट्रेलियाले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

    राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अस्ट्रेलियन सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाउनुभयो । भेटका क्रममा उहाँले जलस्रोत र नवीकरणीय ऊर्जा प्रवर्द्धनमा पनि सहयोग गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो ।

    राजदूत भोल्कले विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो । उहाँले जल तथा ऊर्जा आयोगको सचिवालयसँग सहकार्य गरी कमला बेसिनमा काम गरिरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाएर अगाडि बढाउने बताउनुभयो ।


    सोमवार, माघ १७ २०७८०२:२३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij