काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी प्रमुखका लागि १७ जनाले आवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २५ गते आवेदन माग गरेको थियो। आवेदन दिने अन्तिम समय हिजो आइतबारसम्म तोकिएको थियो ।
निगमको कार्यकारी निर्देशकका लागि आयल निगमका पूर्वकार्यकारी निर्देशक चण्डिका भट्टले पनि आवेदन दिएका छन् ।
यसैगरी, हरिवंश आचार्य, जीवन प्रकाश सिटौला, विष्णु बाबु मिश्र, हरिभक्त शाही, प्राडा। लक्ष्मण पौडेल, लोक बहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, उमेशप्रसाद थानी, पंकज कुमार दास, आनन्दप्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल र सञ्जय कुमारले आवेदन दिएका छन् ।
निवर्तमान कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कार्यकाल पुस २३ गते सकिएसँगै निगमको प्रमुख पद रिक्त छ । त्यसयता नायब कार्यकारी निर्देशक सुशील भट्टराईले निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्।