Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रुपन्देही कार दुर्घटनामा मृत्यु हुने तीनै जनाको पहिचान खुल्यो (अपडेट)

रुपन्देही कार दुर्घटनामा मृत्यु हुने तीनै जनाको पहिचान खुल्यो (अपडेट)

  • शनिवार, श्रावण २४ २०७७

  • 617
    SHARES

  • रुपन्देही कार दुर्घटनामा मृत्यु हुने तीनै जनाको पहिचान खुल्यो (अपडेट)

    काठमाडौं । रुपन्देहीमा कार दुर्घटना हुँदा मुत्यु भएका तीनै जनाको परिचय खुलेको छ।

    मुत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–४ का २७ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका–३, मर्यादपुरका २८ वर्षीय नौसाद दर्जी र नवलपरासी रामग्राम नगरपालिका–१२, पथगावाका १२ वर्षीय प्रदीप ठाकुर छन्।

    जिल्लाको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकखण्डमा शुक्रबार राति ११ बजे परासीबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ६७५६ नम्बरको कार अनियनित्रत भइ पल्टिएको हो। कार अनियन्त्रित भएर पल्टिँदा ३ जनाको मृत्यु भएको र सबैको पहिचान खुलिसकेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

    कार सडकबाट १० मिटर तल पल्टिँदा उक्त कारमा सवार ४ जना घाइते भएको र उनीहरुको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा ३ जनाको मुत्यु भएको हो।

    दुर्घटनामा घाइते ओमसतिया गाउँपालिका– ४ का ३४ वर्षीय अनिल यादवको भने अहिले मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र उनको अवस्था खतरोन्मुख रहेको प्रहरीले जनाएको छ।


    शनिवार, श्रावण २४ २०७७०२:२६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij