Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सरकारले लागु गरेको जोर विजोर प्रणालीका कारण काठमाडौं उपत्यकामा सवारी चाप कम

सरकारले लागु गरेको जोर विजोर प्रणालीका कारण काठमाडौं उपत्यकामा सवारी चाप कम

  • शनिवार, श्रावण २४ २०७७

  • 936
    SHARES

  • सरकारले लागु गरेको जोर विजोर प्रणालीका कारण काठमाडौं उपत्यकामा सवारी चाप कम

    काठमाडौं । कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले लागु गरेको जोर विजोर प्रणालीका कारण शनिबार उपत्यकामा सवारी चाप कम देखिएको छ ।

    जोर विजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको जोखिम बढ्नु र अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका कारण सवारीको चाप कम देखिएको हो ।

    पछिल्लो केही दिनयता उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि सरकारले सवारी सञ्चालनमा जोर विजोर प्रणाली सुरु गरेको थियो ।  उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले शुक्रबार बैठक गरी अत्यावश्यक बाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेका थिए ।

     जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नविकरण, संस्था दर्ता नविकरण, निजी सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरणलगायतका सेवाहरु तत्कालका लागि बन्द भएका छन् ।

    प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि आग्रह गरेको छ । शुक्रबार नै उपत्यकामा अहिलेसम्मकै बढी एक सय २४ जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।

    असार २६ गतेबाट उपत्यकालगायत देशभरी जिल्लाभित्र मात्रै सवारी सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो । सरकारले आवश्यक मापदण्ड पुरा गरी सवारी सञ्चालन गर्न निर्देशन दिए पनि अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको छ ।

    मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएको छ ।


    शनिवार, श्रावण २४ २०७७०२:०४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij