Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री रामबहादुर थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

गृहमन्त्री रामबहादुर थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

  • शनिवार, श्रावण २४ २०७७

  • 974
    SHARES

  • गृहमन्त्री रामबहादुर थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

    बुधबार साँझ प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग भेटघाट गरेका गृहमन्त्री थापासहित अन्य प्रदेशका मन्त्रीहरुको कोरोना परीक्षण गरिएको गृहमन्त्री थापाको सचिवालयले जनाएको छ ।

    “सम्पर्कमा रहेका प्रदेश २ का मन्त्रीलाई कोरोना पुष्टि भएपछि गृहमन्त्रीज्यूले बिहीबार स्वाब परीक्षणका लागि दिनुभएको थियो ।

    रिपोर्ट नेगेटिभ छ ।” सचिवालयका एक सदस्यले भनेका छन् । झण्डै एक हप्ताअघि मन्त्री यादव काठमााडैंमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतसंग उच्चस्तरीय भेटघाट गरेर प्रदेश फर्किएका थिए ।


    शनिवार, श्रावण २४ २०७७०१:४६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij