Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आजको मौसमी अवस्था यस्तो छ !

आजको मौसमी अवस्था यस्तो छ !

  • शुक्रवार, माघ १४ २०७८

  • 915
    SHARES

  • आजको मौसमी अवस्था यस्तो छ !

    काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु कुहिरो लागेको छ।

    राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ।

    शनिबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यस्तै आइतबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरुमा आंशिक बदली रहनेछ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

    त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम १९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ।


    शुक्रवार, माघ १४ २०७८०१:५६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij