Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

श्रीलंका चुनाव : प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री महिन्दा राजपक्षलाई बधाई ज्ञापन

श्रीलंका चुनाव : प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री महिन्दा राजपक्षलाई बधाई ज्ञापन

  • शनिवार, श्रावण २४ २०७७

  • 909
    SHARES

  • श्रीलंका चुनाव : प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री महिन्दा राजपक्षलाई बधाई ज्ञापन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाली समकक्षी महिन्दा राजापाक्षेलाई बधाई दिएका छन्।

    श्रीलंकामा भएको संसदीय निर्वाचनमा सत्तारुढ श्रीलंका पिपल्स फ्रन्ट (एसएलपीपी) दुई तिहाई स्थानमा विजयी भएको उपलक्ष्यमा ओलीले टेलिफाेन गरी राजापाक्षेलाई बधाई दिएका हुन्। बिहीबार भएको निर्वाचनमा संसदको २ सय ४५ सिटमध्ये एसएलपीपी १ सय ४५ स्थानमा विजयी भएको छ।

    राजापाक्षेले ट्विट गर्दै बधाई तथा शुभकामना दिएकाेमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन्। श्रीलंका सधै नेपाली जनताको साथमा रहेकाे उनले बताए।
    कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेलाई नेपाल भ्रमणकाे निम्ताे पनि दिएका छन्।

     


    शनिवार, श्रावण २४ २०७७०१:२२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij